• २०८० मङ्सिर २५ सोमबार
  • Monday, 11 December, 2023

'विपिन जोशी'लाई हमासले अस्पताल लगेको भिडियोमा देखियो

काठमाडौँ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले नेपाली युवालाई अपहरण गरेर गाजास्थित अस्पतालमा लगेको भिडियो सार्वजनिक भएको छ । 

इजरायलमा आक्रमणपछि अपहरण गरेर लागेको एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गरेको भिडिओ 
सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको हो।

आइडिएफले सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ । जसमध्य एक नेपाली र एक थाई नागरिक रहेको बताईएको छ । दुई मध्य एक घाइते अवस्थामा अस्पतालको बेडमा लगिएको देखिन्छ भने अर्का एकलाई केही व्यक्तिहरुले धकेल्दै अस्पताल भित्र लगेका छन् ।

ती व्यक्तिहरू अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ। ती नेपाली युवा विपिन जोशी भएको हुनसक्ने र उनलाई हमासले अहिले पनि अपहरणमा राखेको हुनसक्ने अनुमान गरिएको छ । 

गाजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट घातक आक्रमण गरेको थियो।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

हमासले त्यसदिन इसराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए। बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत छन्।

आइतबार रातिमात्रै आइडिएफले पनि विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गर्दै कुटनीतिक माध्यमबाट जोशीलाई रिहाइ गर्ने प्रयास गरिरहेको जनाएको छ।

EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF

— Israel Defense Forces (@IDF) November 19, 2023
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर