चार जिल्लामा भोलि सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा भोलि (सोमबार) चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
छठ मनाउने बढेपछि छठको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको हो ।
जसअनुसार सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।
लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले बताए ।
प्रतिकृया दिनुहोस