खोलाले बगाएर दाजु बहिनीको मृत्यु

काठमाडौं । रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया  छोरी भावनाको विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

उनिहरु विद्यालयबाट घर फर्कने क्रममा आइतबार अपराह्न  ४ बजे उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको र मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका जानकारी दिएका छन् ।  

बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर