सय रुपैंया बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ७०० रुपैयाँ कायम छ । हिजो ९बुधबार० छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार प्रतितोला १५ रुपैयाँले बढेको चाँदीको मूल्य आज एक हजार ३९५ रुपैयाँ कायम छ । हिजो ९बुधबार० चाँदी प्रतितोला एक लाख ३८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस