गौर हत्याकाण्डको १६ वर्षपछि मुद्दामा आज सुनवाइ

काठमाडौं गौर हत्याकाण्ड अनुसन्धान गरी मुद्दा दायर माग गर्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदृ छ । रिटमाथिको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।
न्यायाधीश राउतको इजलासमा परेको रिट ‘झ’ नम्बरमा परेको छ । रिट निवेदनमा उत्प्रेषणको आदेश माग दावी गरिएको छ ।
गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा उत्पन्न भएको भिण्डनबाट २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।
आज सुनुवाइ भई जाहेरीमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न आदेश जारी भएमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरी सरकारी वकिलमार्फत प्रतिवादीमाथि मुद्दा चलाउनुपर्ने हुन्छ । पीडित परिवारका तर्फबाट साहले दर्ता गराएको रिटमा घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस