• २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023

नीति कार्यक्रम र बजेट अध्यादेश मार्फत ल्याउने तयारीमा कोशी सरकार

काठमाडौं, प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएसंगै कोशी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रभावित भएको छ । प्रदेश सरकारले अध्यादेशमार्फत नीति कार्यक्रम र बजेटल ल्याउन सकिने विकल्पका सम्वन्धमा छलफल अघि बढाएको छ।

माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक अनिश्चित कालका स्थगित गरेका हुन । प्रदेशसभा सचिवालयले सभामुख गौतमको निर्णय बमोजिम सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरेको हो । कांग्रेस माओवादी केन्द्रले अल्पमतमा परेका मुख्यमन्त्रीले नीति कार्यक्रम र बजेट ल्याउन नपाउने भन्दै प्रदेश प्रमुख हिक्मत कार्कीको राजीनामा माग गरेका छन् । 

मुख्यमन्त्री  कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले कोशी प्रदेशको आर्थिक वर्ष २०८०–०८१ को बजेट अध्यादेशमार्फत ल्याउने अवस्था निर्माण भएको त्यो विकल्पका सम्वन्धमा मुख्यमन्त्रीले छलफल गरिरहेको बताइएको छ । त्यसका लागि सरकारले बजेट अधिवेशन अन्त्य गरेर मात्रै अध्यादेशमार्फत बजेट ल्याउन कानुन व्यावसायीहरुले मुख्यमन्त्रीलाई सुझाब दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर