कमिसनको चक्करमा ढुवानी रोकिदा कालीकोटमा खाद्यान्न अभाव

काठमाडौं, जेठ १२ – चामल ढुवानीमा कमिसन खोज्दा कालिकोट जिल्लामा खाद्यान्न अभाव सृजना भएको छ।
नेपालगन्ज र बर्दियादेखि आउने चामल समयमै नआउँदा कालीकोट जिल्लामा खाद्यान्नको अभाव भएको हो । ढुवानीमा कमिनस कुरो नमिल्दा ब्यापरीहरुले चामाल ढुवानी गर्न मानिरहेका छैनन् । चामल बर्दिया र सुर्खेतको गोदामा थनकिन पुगेको छ। यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ ।कालिकोटमा दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री हुने गर्दछ ।
सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालीकोटमा खाद्य अभाव भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोटका शाखाले जनाएको छ । मुलत कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ ।
पछिल्लो समयमा बजार मूल्य बढेका कारणले सरकारी अनुदानको चामल बढी बिक्री हुने गरेको छ । सरकारले तोकेको कोटाभित्रको नौ हजार क्विन्टल चामल खपत भइसकेको छ ।।
प्रतिकृया दिनुहोस