३५ किलो चाँदीसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरमा सुन चाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरबाट पक्राउ पर्नेको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको हो ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिकाऔ१२ वस्ने वर्ष २१ को राज कुमार कामत, वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन् ।
सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
प्रतिकृया दिनुहोस