बजेटमा विभेद गरिए रोष्टम घेर्ने राप्रपाको चेतावनी

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले बजेटमा विभेद गरे रोष्टम घेर्ने चेतावनी दिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले बजेटमा आफ्ना विषयहरु नसमेटेको खण्डमा रोष्टम घेर्ने र बजेट पास गर्न नदिने चेतावनी दिएका हुन् ।
‘सरकारले बजेटमा सबैलाई समेटोस् । हामीले पनि जनतासँग केही कुरा भनेर आएका छौं । त्यसलाई सरकारले बुझेर बजेटमा समेटोस्,’ उनले भने, ‘बजेटमा बेवास्ता गरे रोष्टम घेर्न हामीले पनि जानेका छौं । यो बजेट कसरी पास हुन्छ । त्यो पनि हेर्छौ ।’
प्रदेश सरकारले मन्त्रालय बढाएर के गर्न खोजेको भन्दै प्रश्न उठिरहेको उनको भनाई छ । ‘हामीले तत्कालीन १४ मन्त्रालय घटाएर ११ बनायौं । अहिले फेरि मन्त्री बढाएर मन्त्रालय फुटाउने तयारी भइरहेको छ । मन्त्रालय बढाएर कहाँ जान खोजको हो रु यसले संघीयतालाई के गर्छ रु त्यो आफै बुझ्नु होला,’ उनले भने ।
जनता र राज्यलाई प्रदेश सरकारले के दिने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाई छ । उनले २०४६ साल पछिका नेता र उच्च पदस्त कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने समेत बताए ।
पञ्चायतकालीन नेता पनि २०४६ मा समेटिने उनले बताए । उनले उक्त कार्यको सुरुवात आफैबाट गर्न समेत आग्रह गरे ।
प्रतिकृया दिनुहोस