इलामका आचार्यले गरे प्रधानमन्त्रीकै अगाडी आत्मदाह प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रधानमन्त्री प्रचण्ड सवार गाडीकै अगाडी एक युवकले आत्मदाह गर्ने प्रयास गरेका छन् ।
प्रधानमन्त्रीको गाडी क्रस हुने बेलामा इलाम घर भएका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।
उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ। आचार्यले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यसरबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस