• २०७९ माघ २५ बुधबार
  • Wednesday, 8 February, 2023

म नतिजा अवश्य दिनेछु – गृहमन्त्री लामिछाने 

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफू मातहतको मन्त्रालयको प्रणाली र मापदण्ड सुधारका लागि निरन्तर लागिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्र्दै उनले गृह मन्त्रालय सम्हाल्न आफूले खुट्टा दह्रो बनाएको जिकिर गरे । 

उनले संसदलाई एक अर्काको दुश्मनी बनाउने थलोको रुपमा बनाउन नहुने उनले बताए । ‘मैले सम्हालिरहेको गृह मन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेको छ। यसले चाँडै परिणाम देखाउन सुरु गर्नेछ।’ मन्त्री लामिछानेले भने ।

उनले आफू नतिजा दिनेगरी अघि बढेको पनि बताए। ‘म नतिजा अवश्य दिनेछु,’ लामिछानेले भने, ‘नेपाली जनताले ठूलो आशा राखेर हामीलाई निर्वाचित गराएर पठाएका छन्। अहिले जुन ढंगले राजयका स।रचना रहेका छन् तीनमा धेरै सुधार चाहिएको छ।’ उनले भने ।

गृह मन्त्रालयले संवेदनशील विषयमा काम गरिरहेको उनको भनाई छ। र केही दिनमा त्यसबारे नतिजा पनि आउने उनले बताए । 

‘गृह प्रशासनले अब गर्न लागेको प्रणालीलाई सुधार गर्नुपर्ने छ। तपाई हामी सिस्टम सुधारमा मात्र काम गर्यौं भने आधा काम हुन्छ । गृह मन्त्रालयल अत्यन्त संवेदनशील भएर सबै विषयमा काम गरिरहेको छ। नतिजा किन समय लाग्ने भएको छ,’ उनले भने, ‘राज्यका संयन्त्रहरुलाई गिज्याइएको छ। ट्रयाकभन्दा बाहिर राखिएको छ। तीनलाई ट्रयाकमा राख्न नसक्दा कयौं ठाउँहरु हल्लिएका छन्। त्यस्ता ठाउँहरुलाई ठिक गरेर सम्भवतः केही दिनमै निर्णयमा पुग्छौं ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर