• २०७९ माघ २५ बुधबार
  • Wednesday, 8 February, 2023

जिवित पुस्तकालय जहाँ किताब होइन घातक ब्याक्टेरिया राखिएको छ

काठमाडौं । पहिलो विश्वयुद्धको सुरुवाती अवस्था थियो । बेलायती सैनिकहरु बिरामी परेर भटाभट मर्न थाले । त्यसरी बिरामी पर्ने प्रायः सबैजसो सैनिकमा देखिएको लक्षण एउटै थियो । पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने र अवस्था नाजुक बन्दै काबू बाहिर जाने ।

सन् १९१५ मा फ्रान्सको वाइमेरक्स सहरको स्टेशनरी अस्पतालमा एक केबल सन्देश आयो । यसमा सैनिकहरुको बिग्रँदो अवस्थाका बारेमा बताइएको थियो । वैज्ञानिक तथा डाक्टरहरु सबै मोर्चामै तैनाथ थिए । त्यसबेला एक जिवाणुविज्ञ विलियम एलककले बिरामी सैनिकको सरीरबाट ब्याक्टेरियाको नमूना लिए र एक विशेष खालको काठको बट्टामा भरेर माथिबाट प्याराफिन मैनले उक्त बट्टालाई सिल गरिदिए ।

यो पहिलो नमूना थियो । युद्ध सकिनेसँगै यो सँगै अन्य विभिन्न ब्याक्टेरियाका नमूनाहरुलाई लिस्टर इन्स्टिच्यूट अफ प्रिभेन्टिभ मेडिसिनमा राखियो । त्यसबेलासम्म त्यहाक् कूल २ सय वटा नमूना भैसकेका थिए । विस्तारै विस्तारै त्यहाँ अन्य देशहरुबाट पनि ब्याक्टेरियाका नमूना आउन थाले, ताकि त्यहाँ त्यसको अध्ययन होस् ।

खतरनाक मानिने ब्याक्टेरियाको नमूनालाई समेत अगरउडको डिब्बामा राखेर प्याराफिनले सिल गरिन्थ्यो त्यसबेला । त्यसभन्दा माथि डिब्बामा रहेको ब्याक्टेरियाका बारेमा जानकारी लेखिन्थ्यो । पानी जहाजमा राखेर ब्याक्टेरियाका नमूना पठाइन्थ्यो र त्यसको जानकारी जहाजको क्याप्टेन र अन्य जिम्मेवार कर्मचारीहरुलाई गराइन्थ्यो ताकि कसैले भुलबस उक्त डिब्बा नखोलोस् ।

उक्त संस्थानमा ब्याक्टेरियाका नमूनाहरुमाथि अध्ययन चलिरहेकै थियो । त्यसैबीच दोश्रो विश्वयुद्ध सुरु भयो । त्यसक्रममा लण्डनस्थित उक्त भवनमा बम खस्यो र यसको अधिकांस भाग ध्वस्त भयो । त्यसबेला त्यहाँ बँचेका ब्याक्टेरियाका नमूनाहरुलाई निकै सावधानी पूर्वक संकलन गरी लण्डनको अर्को भागमा लगियो । त्यो नयाँ ठाउँलाई नेसनल कलेक्सन अफ टाइप कल्चर्स नाम दिइयो ।

युद्ध अन्त्य भएसँगै त्यो ठाउँ वैज्ञानिकहरुका लागि खुल्ला गरियो । उक्त केन्द्रमा प्रवेश पाउनका लागि ६ पेन्स शुल्क लाग्दथ्यो । अहिले यो एक गैर नाफामूलक संस्थाको रुपमा का मगर्दछ । बेलायत सरकारले यसको सञ्चालनका लागि बजेट दिँदैन । तर विश्वभरका देशहरुले अध्ययनका लागि यहाँबाट नमूनाहरु खरीद गर्दछन् । त्यसको मूल्य ८५ देखि ४ सय डलरसम्म हुन्छ ।

आफ्नोमा ब्याक्टेरिया कल्चर गर्नका लागि राम्रो ल्याब नभएका देशहरुले नमूना संरक्षणका लागि समेत त्यहाँ पठाउँदछन् । कोभिड महामारी सुरु हुनु अगाडि सन् २०१९ मा मात्रै करीब ४ हजार ब्याक्टेरियाका प्रकारलाई अध्ययनका लागि यहाँबाट विभिन्न ६३ देशमा लगिएको थियो ।

जिवित ब्याक्टेरियाको यो पुस्तकालयबाटै विभिन्न प्राणघातक रोगहरुको उपचारको आविष्कार भएको छ । पेनिसिलिनको आविष्कार गर्ने वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले वर्षौँसम्म त्यहाँ गएर ब्याक्टेरियाका विभिन्न १६ वटा प्रकारमा अनुसन्धान गरे र पछि त्यहीँ अध्ययनको नतिजाको आधारमा पेनिसिलिनको आविष्कार गरे ।

उक्त ब्याक्टेरिया पुस्तकालयमा ६ हजार भन्दा धेरै ब्याक्टेरियाका जिवित स्ट्रेन राखिएको छ । यहाँ निकै प्राणघातक देखि लिएर सामान्य खाले ब्याक्टेरियाहरु पनि राखिएका छन् । कतिपय ब्याक्टेरिया यस्ता पनि छन् जसमा अध्ययन गर्न बाँकी नै छ । केही ब्याक्टेरिया खतरनाक भएपनि उपचारको खोजी भैसकेका ब्याक्टेरिया छन् ।

रोचक त के भने पहिलो विश्वयुका क्रममा जुन ब्याक्टेरियाको जिनोमको नमूना ल्याइएको थियो, त्यो अहिलेपनि जिवित नै छ । त्यो झाडापखालाको ब्याक्टेरिया थियो, जसले अहिलेसम्म पनि मानिसहरुको ज्यान लिन छाडेको छैन । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर