• २०८० मङ्सिर २५ सोमबार
  • Monday, 11 December, 2023

राप्रपासँग मिल्दा पनि झापामा ओलीको भोट किन घट्यो ?

काठमाडाैं । ओली सहित झापा–५ का उम्मेदवारका मत कमजोर बन्दै गएका छन् । आम निर्वाचन ०७४ को निर्वाचनका आधारमा राजनीतिकदलहरु कमजोर बन्दै गएका हुन् । 

२०७४ को आम निर्वाचनमा ५७१३९ मत ल्याएका ओलीले मतदाता बढेका भए पनि यो निर्वाचनमा ओलीको ४८२० मत घटेर ५२,३१९ मत प्राप्त गरेका छन् । ओली निर्वाचित भएको यो क्षेत्रमा २५ जना उम्मेदवार रहेका थिए । चुनावी मैदानमा सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धन मुख्य प्रतिस्पर्धी रहेका भए पनि ओलीले अघिल्लो निर्वाचनको जति मत पुर्‍याउन सकेनन् ।

ओलीको मात्रै नभएर यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीका पनि मत घटेको देखिन्छ । उनी यो पटक पनि दोस्रो स्थानमा रहे । उनले उनले २०७४ मा २८२९७ मत ल्याएको थिए भने उनको पनि ४५५४ मत घटेर यो निर्वाचनमा २३,७४३ मत मात्र प्राप्त गरेका छन् । उनको पनि यो निर्वाचनमा मतसंख्या घटेको देखिन्छ ।

राप्रपाको साथमा हिँडेका ओलीले यो वर्ष अघिल्लो निर्वाचनको भन्दा कम मत पाउनु उनीप्रति जनविश्वास गुम्दै गएको पनि देखिन्छ । झापाको यो निर्वाचन क्षेत्रमा स्थानीय तहमा राप्रपाले जीत हासिल गरेको दमक नगरपालिका सहितका स्थानहरू हुँदा समेत अघिल्लो निर्वाचनको तुलनामा ओलीले दोब्बर मत ल्याउने आकलन गरिएको थियो । 

२०७४ मा कसले कति? 

अघिल्लो निर्वाचनमा १९१५ मत ल्याएको सङ्घीय समाजवादी फोरमको अहिलेको निर्वाचनमा एमाले केपी ओलीलाई साथ रहेको थियो ।  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यो निर्वाचन क्षेत्रमा भानुभक्त भट्टराईले २०७४ मा १३८० मत ल्याएको थिए भने यो पटक कवीन्द्र शेर्मा लिम्बू  १,२८१ मत पाएको छन् । यहाँ मञ्चको पनि मत घटेको देखिन्छ ।

यसैगरी २०७४ को निर्वाचनमा नेकपा मालेका घनश्याम गुरागाईँले ६१२, विवेकशील साझाका प्रकाश गौतमले ६११, राष्ट्रिय जनमुक्ति पार्टीका पदम बहादुर जवेगुले ५१९ मत ल्याएका थिए ।

झापा ५ मा नयाँ शक्ति पार्टी नेपालका भेषराज भट्टराईले २९६ मत ल्याएका थिए भने एकीकृत राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादीका चेतनाथ थापाले २५७ मत ल्याएको थिए ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे ११६, देशभक्त जनगणतानित्रक मोर्चा नेपालका वासुदेव दुलालले ९९ मत पाएका थिए । झापा–५ मा  अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर खड्काले ५५, इन्द्र प्रसाद न्यौपानेले १३ मत पाएका थिए भने इन्द्रराज अधिकारीले ६ मत ल्याएर १४ औँ स्थान हासिल गरेका थिए ।

२०७९ मा कसको कति?

निर्वाचन आयोगका अनुसार, झापा ५ मा २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल ११,७५९, जनमत पार्टीका भीम राजवंशी१,४८५, मङ्गोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेले ७४४, जनता समाजवादी पार्टीका ओममाया आङदेम्बे  ६२९ मत ल्याएका छन् ।

यस्तै गरी झापा ५ मा स्वतन्त्र उम्मेदवारी दिएका युग (दीपक) पाठकले ३५६ मत ल्याएका छन् भने नेमकिपाका रुद्रप्रसाद दाहालले २५० मत ल्याएका छन् । 
स्वतन्त्र  उम्मेदवार कल्पना लावतीले २२४ मत ल्याउँदा राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगूले २१४ ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार केदारनाथ चापागाईँले १६५ ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका चन्द्रप्रसाद राजवंशीले  १०५ मत ल्याएका छन् ।

झापा ५ मा १०० भन्दा कम मत ल्याउने उम्मेदवारहरूमा १२ जना रहेका छन् ।  नेशनालिस्ट पिपल्स पार्टीका राजन चुडालले  ८८, स्वतन्त्र रोहितप्रसाद पौड्याल ८१, तुलसीराम काफ्ले ७०, रेवती रमण खनाल ६३, रामचन्द्र बानियाँ ५७  रहेका छन्  ।

यसै गरी नेपाली कांग्रेस बिपीका शेखरनाथ सेढाईंले ५१ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार इन्द्रमणि दाहालले ५० मत ल्याउँदा सचेत नेपाली पार्टीका रामप्रसाद पाठकले ४९ मत ल्याएका थिए । स्वतन्त्र  उम्मेदवार दिएका भेषराज भट्टराईले यो पटक ४१, तीर्थेश्वर चौधरी २०, शान्ता अधिकारी १३  र सीताराम पोख्रेलले १३ मत ल्याएका छन् ।

मतदाता बढ्दा मत कहाँ गए ?

२०७९ को निर्वाचनमा झापामा मात्र नभएर देश भरी नै राजनीतिक दलहरूका मत घटेको देखिन्छ ।  यसको कारण हरेक ठाउाहरुमा उही नेतृत्व र एउटै राजनीतिक दल  दोहोरिनु नै हो ।  नेता र दलमा जनविश्वास गुम्नु नै मत सङ्ख्या घटेको देखिन्छ । 

नेतृत्वले हरेक स्थाहरुमा जनताको काम नगर्दा र जनमतको कदर नगर्दाको फाइदा यो निर्वाचनमा पूर्व सञ्चारकर्मी समेत रहेका   रवि लामिछानेको सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फाइदा पुगेको छ , झापाको यो निर्वाचन क्षेत्रमा पनि यही भएको प्रस्ट देखिन्छ यहाँ   राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११,७५९ मत ल्याएका छन् ।

आम निर्वाचन २०७४ को भन्दा कम मत खस्नु र स्वतन्त्रले ११ हजार बढी ल्याउनु नै ओली र अधिकारी लगायतका नेता तथा अन्य दलहरूको मत सङ्ख्या घटेको प्रस्ट भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर