कास्की क्षेत्र नम्बर– २ बाट  विद्या भट्टराई विजयी 

काठमाडौं । कास्की क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की विद्या भट्टराई विजयी भएकी छन्। 

निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गर्दा भट्टराईले १६ हजार नौ सय ९८ मत प्राप्त गरेकी छन्। कँडेलसँग भट्टराईको मतान्तर चार हजार पाँच सय तीन छ।

सत्तारुढ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बरालले नौ हजार छ सय ५९ मत प्राप्त गरेका छन्।कास्की २ मा ७९ हजार एक सय मतदाता रहेकोमा ४९ हजार नौ सय २० मत खसेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर