• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

कोष्टारिका विरुद्ध स्पेनले गर्यो याे विश्वकप कै धेरै गाेल

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्पेनले आक्रामक सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा युवा खेलाडीले भरिएको स्पेनले यो प्रतियोगिताकै अहिलेसम्मको सवैभन्दा धेरै गोल हानेको हो । 
कोष्टारिका विरुद्ध स्पेनले ७ गोल हान्दा कोष्टारिकाले भने एक गोल पनि हान्न सकेन । 

फेरान टोरेशले २, डानी ओल्मो, मार्को अलान्सो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक एक गोल गरे । पहिलो हाफमा ४ गोलको अग्रता बनाएको लुईस एनरिकेको टिम स्पेनले दोस्रो हाफमा ३ गोल थपेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर