• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

कान्छो सांसद बन्न सक्छन् योगेश थकाली

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता योगेश गौचन थकालीले मुस्ताङबाट नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई पछि पार्दै चुनाव जिते ।

कांग्रेसका नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले चुनाव जितेसँगै संघीय संसदको प्रतिनिधिसभामा सवैभन्दा कान्छो उम्मेदवार उनै बन्न सक्ने संभावना देखिएको छ । 

मुस्ताङको आज विहान सम्पन्न मत गणना अनुसार गौचन ९१४  मतान्तरले विजय भएका हुन् । 

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनी २०५० साल बैशाख २७ गते जन्मिएका हुन् ।

 उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्। 

नेविसंघको राजनीतिबाट योगेश पार्टी राजनीतिमा आएका थिए। उनी कांग्रेसमा महाधिवेशन प्रतिनिधि पनि छन्। 

गैचनले गठबन्धनका तर्फबाट रुख चिन्हमा ३९९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका तुलाचनले सूर्य चिन्हमा ३०७८ मत ल्याएका थिए । मुस्ताङमा ८७ मत बदर भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर