• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

इन्टरमिटेन्ट फास्टिङ बस्दा प्रजनन स्वास्थ्यमा खतरा

काठमाडौं ।  अहिलेको समयमा तौल घटाउने सबैभन्दा राम्रो उपाय मानिन्छ इन्टरमिटेन्ट फास्टिङ। धेरै डाक्टरहरूले आफ्ना बिरामीहरूलाई यो फास्टिङ गर्न सल्लाह समेत दिन्छन्। यो फास्टिङ धेरै मानिसहरूका लागि फाइदाजनक हुन्छ तर हालै गरिएको एक अध्ययन अनुसार यसले महिलाको हर्मोनमा नकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ।

इन्टरमिटेन्ट फास्टिङ डाइटिङको यस्तो विधि हो, जसमा २४ घण्टालाई २ भागमा विभाजन गरिएको हुन्छ। यो डाइटिङमा मानिसहरू सक्छन्। ‘के खाने’ को सट्टा ‘कहिले’ खाने भन्नेमा केन्द्रित हुन्छ।सामान्यतया मानिसहरु दैनिक १२ देखि १६ घण्टा फास्टिङ गर्छन्।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका वैज्ञानिकहरूले मोटोपनाको अध्ययन गरिरहेको क्रममा उनीहरुले महिलामा आएको परिवर्तनबारे थाहा पाएका हुन्। अध्ययनमा महिनावारी रोकिईसकेका महिलाहरूलाई समावेश गरिएको थियो। उनीहरु सबै मोटोपनको सिकार भएका थिए। उनीहरुलाई ८ हप्ताको इन्टरमिटेन्ट फास्टिङ बस्न भनिएको थियो।

सहभागीहरूले प्रत्येक दिनको चार घण्टा भित्र मात्र खाना खाए। त्यसपछि रगतको नमूना लिएर उनीहरुको हर्मोन जाँच गरियो। नतिजाहरूले महिलाहरूमा अण्डाको गुणस्तर सुधार गर्ने डिहाइड्रोएपियान्ड्रोस्टेरोनको मात्रा घटेको पाइएको थियो। यो गिरावट १४ प्रतिशत सम्म रेकर्ड गरिएको थियो। यसले महिलाको प्रजनन स्वास्थ्य बिग्रने सम्भावना छ।

अनुसन्धानमा संलग्न क्रिस्टा वराडीले भनिन्,‘महिनावारी रोकिए पछि डिहाइड्रोएपियान्ड्रोस्टेरोनको मात्रा कम हुनु चिन्ताको विषय हो। वास्तवमा, डिहाइड्रोएपियान्ड्रोस्टेरोन महिलाहरूमा सबैभन्दा महत्त्वपूर्ण हार्मोनएस्ट्रोजेनको प्राथमिक घटक हो। त्यस्तै,  महिनावारी रोकिएपछिमहिलाहरूमा एस्ट्रोजनको मात्रा अचानक कम हुन्छ। तर पनि, अध्ययनमा त्यस्ता महिलाहरूमा यौन दुर्बलता वा छालामा परिवर्तन देखिएको थिएन।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर