• २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022

टिकटकमा त्यसरी चलचित्रका स–सना क्लिपहरु राख्यो भने हामी त स्वाहा नै हुन्छौं : निर्देशक ज्ञानेन्द्र देउजा  

काठमाण्डौं । भाद्र १७ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र झिंगे दाउले निकैनै चर्चापरिचर्चा कमाएको छ । प्रदर्शनको तेस्रो सातामा फिल्म हेर्नेको घुईचो नै छ । फिल्म हेर्ने दर्शकको प्रशंसा र सकारात्मक प्रतिक्रिया सामाजिक सञ्जालहरुमा धेरै पढ्न पाईन्छ । धेरै समयपछि नेपाली फिल्मले दर्शकलाई हलमा फर्काउने झिंगे दाउको टिमले कति मेहनत गर्नु पर्यो ? यसबारे निर्देशक ज्ञानेन्द्र देउजासँग गरेको कुराकानीको सम्पादित अंश : 

लामो समयपछि नेपाली  फिल्मले हलमा दर्शन तान्न सफल भएको चर्चा परिचर्चा सबैतिर सुन्न पाईन्छ नि ? 

चलचित्र झिंगे दाउ, म आफैको पनि धेरै समयपछि आएको चलचित्र हो । चलचित्र बनेको आगाडी नै हो । लकडाउनपछि हिन्दी र नेपाली चलचित्र चल्नै गाह्रो परेको अवस्था थियो । कबड्डिले निकै नै राम्रो गरेको थियो । त्यसपछि सितको वर्षा भएको जस्तै, शुन्य अवस्थामा आयो । चलचित्र बनाउँदा मेहनत गरे नेपाली चलचित्र चल्छ र चलाउन सकिन्छ भने आत्मबल अहिले बढेको छ । सबैको माया पाउँदा खुशी लाग्छ । तपाईले भने जस्तै चलचित्र झिंगे दाउ रिलिज भएपछि नेपाली चलचित्र प्रेमी दर्शकहरु माँझ  एउटा उत्साह ल्याएको छ । व्यापार पनि सन्तोष जनक नै भयो । 

पुस्तकको पुरानो कहानी चलचित्रमा यति धेरै हिट हुन्छ जस्तो लागेको थियो त ?

त्यो कथा नै एकदम रोमाञ्चक थियो । कथा सिनेमा जस्तै थियो । छोटो भए पनि सबै किसिमको सिनेमालाई चाहिने तत्वहरु राख्न मिल्ने खालको कथा थियो । जो मेरो चलचित्रहरुमा छ । मनोरञ्जनको विभिन्न पाटाहरु रुने, हाँसो कमेडी,ड्रामा सबै बिषयहरु कथाभित्र थियो त्यसकारण राम्रो हुन्छ भन्ने नै थियो । जुन कृति जुन परिवेशहरु लेखिाएको थिए, त्यो अनुसार तल नगए पनि त्यो भन्दा पछाडी समय सापेक्षको सफा र राम्रो क्यानभास पनि देखियो । 

जति पनि चलचित्र बजारमा आए त्योभन्दा फरक थियो त्यसकारण चल्यो । कृति अथवा पुरानो साहित्य कथामा सिनेमा बनायो भने चल्छ भन्ने मेलै यो भन्दा २० वर्ष अगाडी बनाएको मुना मदनले नै प्रमाणित गरिसकेको छ । त्योबेला सर्वाधिक व्यापार गर्ने चलचित्र पनि मुनामदन थियो । कृतिमा चलचित्र बन्छ भनेर नेपाली माटो सुहाउने नेपालीको मन मुटुको कथा बोल्छ भने त्यो चलचित्र चल्छ । 

झिंगेदाउ सिनेमा हलमा प्रर्दशन भएकोे तेस्रो हप्तामा पुग्दा, अहिले कति शो पाउनु भएको छ ? व्यापार पनि राम्रै गरेको होला नि ? 

आज पनि दर्शकको संख्या राम्रै छ । शुन्य छैन राम्रो छ । अफ डे हो तेस्रो हप्ताबाट चौंथो हप्तामा लाग्दैछ । जति पनि मान्छेहरुले सिनेमा हेर्ने भनेको विदा र छुट्टिको समयमा हो  । उपस्थिति राम्रो छ । व्यापारिक हिसाबले मेरो लगानी अलि हाई लगानी छ । व्याज बाहेककै लगानी हाई थियो । किनभने यो दुई वर्ष अगाडी नै तयार भएको कुरामा देखिने भन्दा पनि नदेखिने खर्च बढि छ । नेपालको व्यापारबाट मेरो आफ्नो लगानी उठ्ने र बाहिरको व्यापारले बाहिर पनि राम्रो माग भएको हिसाबले मेरो उपलब्धि र लगानी लगभग व्याज र साउ उठ्ने अवस्थामा छ । त्यसको लागि म सबै दर्शकहरुमा अभारी छु । 

चलचित्रका स—सना क्लिपहरु टिकटकमा आउन थालेका छन् । झिंगेदाउ पनि पाईरेसीको मारमा परेको हो ? यसले चलचित्रमा कस्तो असर पार्छ ?

सोसल मिडियामा चलचित्रको प्रदर्शनी गर्ने र चलचचित्र मन पराउने दर्शकहरुले त्यसलाई फलो गर्ने कुरा राम्रै थियो तर यो टिकटक पनि प्रचार प्रसारको माध्यम त हो तर जुन हिसाबले आयो त्यो गलत कुरा हो । 

आज भर्खरै मैले हेरेको ५ वटा क्लिप दश—दश मिनेटको छ । त्यसरी राख्यो भने हामी त स्वाहा नै हुन्छौं । यो एउटा साईवर क्राईम पनि हो । कानुनी अपराध पन हो कतिले बुझ्नु भएको छ की छैन् थाहा छैन् । टिकटक भर्खरै फेमस भएको भएर टिकटकलाई केही समय लाग्ने रहेछ । 

साईबर क्राईम युट्युवहरुलाई त तुरुन्तै रोक्न र कारवाही गर्न मिल्ले रहेछ । यो विषयमा मैलै सबै तिर कुरा गरिसकेको छु । यसलाई रोक्न लागि परिरहेका छौं । हामीले प्रहरी संगठन संग पनि सम्वनयन गर्दै छौं । मेरो चलचित्र त मारमा पर्‍र्यो पर्‍र्यो अबको चलचित्रमा टिकटकमा १८ क्लिप २० क्लिप राख्नु एकदम अपराधिक कुरा हो । संघ संस्थाहरु सबै जुरमुराएका छन् । उजुरी गर्‍र्यो भने अर्थिक र प्रतिस्थामा क्षेती हुने कुरा छ । यो नगर्नुहोस यस विषयमा राम्रै कानुन बन्दै छ । यस्तो कार्यले कुनै न कुनै बेला तपाईहरु पक्राउ पर्न सक्नुहुन्छ । झिंगे दाउलाई जतिले हाल्नु भयो मैले पटक पटक अनुरोध गरेको छु ,त्यसो नगरिदिनुस् भनेर ।  

निर्देशक भईसकेपछि कुन—कुरामा बढी दबाबको सामना गर्नु पर्ने रहेछ ?

नेपाली चलचित्र क्षेत्रको निर्देशकले हरेक पाटोमा ध्यान दिनुपर्छ । स्पोर्ट व्वाईको कन्ट्रयाक साईनदेखि चलचित्र हलमा उत्रिने वेलासम्म सम्पूर्ण कामहरु निर्देशकै जिम्मेवारीमा पर्छ । चलचित्र राम्रो भन्दा राम्रो बनाउने,आर्थिक पाटोमा धेरै खर्च गर्न हुँदैन, प्रड्युसरको भावना बुझ्ने ,आर्टिसको भाजना बुझ्ने र चलचित्रलाई उत्कृष्ट बनाएर दर्शकहरुको मन जित्न सक्षम हुनुपर्छ भन्ने कुरा देखि सबै कुरामा दवाव हुन्छ । दवाब भएन भने राम्रो काम हँुदैन् । दवावलाई सहर्स स्विकार्नु पर्छ । दवाव भनेकै दर्शकको मन जित्न गर्ने प्रयास हो । 

नेपाली फिल्महरु प्राय: डकुमेन्ट्री जस्तै हुने दर्शकको  गुनासो सुन्नमा आउँछ । यो कुरा साँचो हो त ? 

कुनै पनि विषयमा फिल्म बनाउन सकिन्छ । विभिन्न तरिकाले प्रस्तृति दिन सकिन्छ । हामी व्यवसायीक निर्माता निर्देशकहरु भएका नाताले चलचित्रमा ठुलो लगानी भएको हुनाले पैसा ठुलो कुरा हो । पैसा फिर्ता ल्याउने काम र दायित्व निर्देशकको काममा भर पर्छ । त्यसैले चलचित्रमा आफ्नोपन र मासमा दर्शकलाई के मनपर्छ त्यो कुरा आँकलन गर्न आवश्यक हुन्छ । त्यही अनुसार चलचित्र बनाउँदा सफल पनि हुन्छ । आफ्नो पाटो आफ्नो ईच्छा अनुसार फिल्म बनाउन सकिन्छ । आफ्नो हिसाबकोे मनोरञ्जन र ज्ञान हुन्छ । मासलाई समाल्ने चलचित्र बनाउन पर्ने हुन्छ । त्यसले जाने पैसा फिर्ता गर्छ । दर्शक हलमा जाने कुरा सबै कुरा बिर्सेर रमाईलो गर्न जाने हो त्यसले चलचित्र चलचित्र जस्तो हुनुपर्छ । कुनै पनि चलचित्र बनाउँदा आफ्नो उदेश्य हुन्छ । उदेश्य अनुसारको फिल्म बन्यो भने दर्शकको मन जित्न सकिन्छ । 

चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसी हुनुहुन्छ । यो क्षेत्रमा लामो समय काम गरेको कारण धेरै कुरा सजिलो छ होला नि ?

उहाँ भर्खर विकास बोर्डको अध्यक्ष हुनु भएको हो । राम्रो संग काम गर्न पनि पाउनु भएको छैन् । उहाँले सार्थक उदेश्य सहित जुन काम गर्ने प्रयास गरिरहनु भएको छ । विभिन्न झमेलामा फसिरहनु भएको छ । अहिले नै हामीले यस्तो काम गर्नु भयो उस्तो काम गर्नु भयो भनेर विभिन्न तौरतरिकाले हेर्न मिल्दैन् । चलचित्रकै क्षेत्रको मान्छे र चलचित्र नै कर्म र धर्म हो भनेर लागीरहनु भएको छ । त्यसैले काम गर्न सहज नै छ । उहाँले चलचित्र कर्मिको भावना,देशको परिवेश र निती नियम पनि बुझ्नुहुन्छ । लामो समयदेखि यो क्षेत्रमा भईरहेको कारणलेसंगै काम गरेको हुनाले काम गर्न सजिलो भएको छ । 

नेपालमा विदेशी फिल्महरुको प्रभावलाई कम गर्न सकिएला जस्तो लाग्छ तपाईलाई ? 

अहिले त विश्व बजार नै फ्रि टे«डको छ । डब्लु टि ए को नीतिनियम अनुसार नै चल्नुपर्ने हुन्छ । प्रभाव त भईहाल्छ । ठुलो बजेटमा राम्रो फिल्म आउँछ, तपाईलाई मिठो खाने बाँनी भईसकेपछि नमिठो त पकै पनि रुचदैन् । त्यसको प्रभावले हामीलाई दवाब त छ । र पनि हामीले छोटो समयमा प्रयास गर्ने हो भलै हाम्रो परिकार गुन्द्रुक नै भए पनि त्यो हाम्रो पहिचान हो र गुन्द्रुकलाई मिठो गरि बनाउन सक्यो भने हामी टिक्न र विक्न सक्छौं । 

प्रेम गित—३ को बिवादलाई  तपाईले कसरी हेर्नु भएको ? 

प्रेम गित ३ भन्ने चलचित्रले नेपालको तर्फबाट जुन हिसावको प्रयास गरेको छ । जुन प्राप्ति गरिरहेको छ,त्यो एकदम राम्रो छ । उहाँको प्रयासलाई नेपाली इन्डस्ट्रिले एकदमै सगौरवका साथ सम्मान गरेको छ । रह्यो कुरा हिन्दी र नेपालीमा रिलिज गर्ने भन्ने कुरा त्यसको आफनो आफनै क्षेत्राधिकार हुन्छन् । त्यो भनेको देशको नीति नियमको कुरा हुन्छ राष्ट्रियताको कुरा हुन्छ  । 

आज नेपाली इन्डस्ट्रि यहाँ पुग्नुमा विभिन्न संघर्षहरु भएका छन् । त्यो नीति नियम हिजो देखिनै बनेको हो । पे्रमगितलाई दवाब दिन मात्र हैन् । उहाँहरुले जुन हौवा फैलाउनु भएको छ त्यो अहिले बनेको नीतिको कुरा होइन, विगत २० औं वर्षदेखि बन्दै आएको नियम त पालना गर्नु पर्‍र्यो नि ? यदि सभ्य र शिक्षित नागरिक हो भने उसले देशको नीति नियम कानुन मान्नुपर्छ । त्यो नगरी हौवाबाजी गर्नु त गलत कुरा हो । 

विदेशी भाषा त सानैदखि बोल्छन् र बुझ्छन भने हामीले हाम्रो भाषा कला संस्कृतिलाई उजागर गर्नुपर्छ । त्यसरी विदेशी भाषाको चलचित्र आयो भने भोली अर्को अउला अबको ५ वर्षपछि नेपाली भाषको चलचित्र बन्न बन्ध हुने अवस्था आउन सक्छ । त्यो कुरा त सोच्नु पर्‍र्यो नि ? व्यवसाएको लागी औवा पिट्न जरुरी छैन् । त्यही टिमले हिन्दी फिल्मलले आफ्नो चलचित्रलाई प्रेसर पर्‍र्यो भनेर साथ माग्नु भएको थियो । 

कुरा, त्यसो हो भने नेपालमा  हिन्दी चलचित्रलाई चल्नै दिनु भएन भन्ने बिषयमा बहस चलिरहेको छ नि ?

त्यो पनि मिल्दैन् । डब्लुटिओको सदस्य हौं । यो भिन्ने क कुरा मात्र हो । हरेक कुराको प्रक्रिया गर्नुपर्छ, प्रक्रिया पुरा गरेको भए कस्ले रोक्छ र कसैले रोक्दैन् । यो कुराहरुमा उहाँहरु आफैमा कमजोरी छ । त्यो चिज नबुझी हौवा फैलाउनु भयो । सबै भन्दा पहिले निर्माता संघमा जानु पर्‍र्यो भन्नु पर्‍र्यो यो समस्या पर्‍र्यो तपाईहरुको सहयाोग चाहियो भन्नु पर्‍र्यो । निर्माता संघमा उहाँ खुद आफैँ एक शब्दपनि सहयोगको लागि आउनु भएको छैन् । 

कुनै नीति नियममा पनि छैन् । संघ संस्थाको मान्छेहरुलाई पनि भेट्नु भएको छैन् भने उहाँलाई गाली गरेर बोल्न त मिलेन भन्न मिलेन । हिन्दी डब्युको कुरामा यहाँहरुलाई मात्र लगाएको त हैन्नी, भुवन केसीको भनाई पनि मैले सुनेको छु । सेन्सरको प्रक्रिया र नेपाली नियमको चलनमा आउनु पर्‍र्यो । 

नयाँ फिल्म बनाउन लागेको कुरा बाहिर आएको छ, कहिले देखि सुरु गर्नु हुन्छ ?
 
 अब यो क्षेत्रमा निरन्तर लाग्ने रुपमा आईरहेको छु । आफ्नै ब्यानरबाट अर्को चलचित्र बनाउन पनि सुरु गर्दैछौं । अहिले चाँही छबि ओझा ज्यूको गुड न्युज कम्पनिबाट एउटा फिल्म बनाउँदै छौं । जेलबे्रकर यही दुई तिन वटा चलचित्रमा काम गर्दैछौं । निरन्तर यही इन्डस्ट्रिमा निरन्तर रहनेछु ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर