• २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022

१० लाखसम्मका योजना वडामै सम्झौता, उपभोक्ता समितिलाई अभिमुखीकरण

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्रभावकारी योजना सम्पादनका लागि उपभोक्ता समितिलाई अभिमुखीकरण सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना प्रभावकारी र गुणस्तरीय रुपमा सञ्चालन गर्न गाउँपालिकाले उपभोक्ता समितिलाई अभिमुखीकरण गराएको हो । 

असोज १५ गतेसम्ममा पालिकाभित्रका सबै वडामा अभिमुखीकरण तथा तालिम सम्पन्न गरिसक्ने गाउँपालिकाले जनाएको छ । योजनालाई चुस्त दुरूस्त बनाई गुणस्तरीय योजनासँगै स्तरीय कार्यसम्पादन गर्नका लागि उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । 

गाउँपालिकाले पालिका भित्रका नौवटै वडामा गठित उपभोक्ता समितिलाई यही असोज १५ गतेसम्म अभिमुखीकरण सम्पन्न गर्ने गरी यसअघि नै कार्यतालिकासमेत सार्वजनिक गरेको छ । 

वडा नंं ६ मा चालु आर्थिक वर्षमा कार्यन्वयन हुनेगरी २५ वटा योजना छनौट भएका छन् । ति योजना सम्पन्न गर्नका लागि गठित उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, अनुगमन समितिका संयोजकलाई अभिमुखीकरण गराइएको हो । 

चालु आर्थिक वर्ष उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना गुणस्तारीय रुपमा तोकिएको समयमै सम्पन्न गर्न योजनावद्ध रुपमा अघि बढेको गाउँपालिकाले १० लाखसम्मका योजना सम्बन्धित् वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर