बंगलादेशसँग हारेपछि नेपाली प्रशिक्षकले दिए राजीनामा
2022-09-18-09-21-59.jpeg)
काठमाडौं । बलियो बंगलादेश विरुद्ध जित निकाल्नु नेपाली चेलीहरुको राष्ट्रिय टिमका लागि सजिलो पक्कै थिएन । हुन त घरेलु मैदान, घरेलु दर्शक तथा प्रतियोगितामा अविजित नेपाल सामू जित निकाल्न बंगाली टाईगरहरुलाई पनि सहज थिएन ।
प्रतिस्पर्धात्मक खेलमा नेपाल पराजित भयो र बंगलादेशले नेपाली भूमिमा इतिहास रच्यो । नेपालले भारतलाई हराउनुलाई नै प्रतियोगिताको उपलव्धीको रुपमा लियो । तर यस्तोमा नेपाली टिमका प्रशिक्षकले चित्त बुझाएनन् । र महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापाले राजीनामा दिए ।
दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको खेल सकिएपछि पत्रकार सम्मेलन गर्दै थापाले टिम छाडेको घोषणा गरेका हुन्।
पाँचौपटक फाइनलमा पुगेको टिम बंगलादेशसँग ३–१ ले पराजीत भएसँगै उनले टिमबाट राजीनामा दिएका हुन्।
उनले टिम छाड्दै भने, ‘जीत दिलाउन सकिन त्यसमा दुःखी छु।’
प्रतिकृया दिनुहोस