• २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022

जमैकाले सन्दीपको स्थानमा राख्यो मोहम्मद नाबी

काठमाडौं । वेस्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) टोली जैमका तल्लावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछानेको स्थानमा नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । 

जमैकाले सन्दीपको स्थानमा अफगानिस्तान टी–२० टिमका कप्तान मोहम्मद नाबीलाई अनुबन्ध गरेको हो । बलात्कारको आरोप लागेपछि जमैकाले केही दिनअघि सन्दीपलाई रिलिज गरेको थियो ।

उनी अहिले प्रहरीको निगरानीमा छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार सन्दीप अहिले सिंगापुरमा छन् । उनलाई प्रहरीले इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी गरेको छ । सन्दीपले जारी सिजनको सीपीएलमा एक म्याच पनि खेल्न पाएनन् । उनी सुरुको तीन खेलमा लगातार बेन्चमै बसे ।

जमैकाले आठ म्याच खेल्दा चारमा जित र चार खेलमा हार बेहोरेको छ । ऊ ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अब उसले नवौं खेल बिहीबार खेल्दैछ । जमैकाले लिग चरणको अन्तिम खेल २५ सेप्टेम्बर खेल्ने तालिका छ । सन्दीपको स्थानमा अनुबन्ध भएका नाबीले यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर