• २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022

चीन भ्रमणको टुंगो लागेको छैन –प्रचण्ड (भिडियाे)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको टुंगो अझै नलागेको जानकारी दिएका छन् । ५ दिने जापानबाट फर्केपछि अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मिहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा चर्चा भएको, अहिले पनि सरकारका आधिकारीक निकायमहरुले समन्वय गरिरहेको तर टुंगो अझै नलागेको बताए । 

यस अघि छिमेकी भारत भ्रमणको सन्दर्भमा समेत अध्यक्ष प्रचण्डले छिट्टै चीन पनि जाने बताएका थिए । 

अध्यक्ष प्रचण्डले जापान भ्रमणका क्रममा महत्वपूर्ण छलफल भएको र त्यसले आगामी दिनमा दुई देशबीचको सम्बन्ध र नेपालमा जापानको लगानी बृद्धि गर्ने सन्दर्भमा महत्वपूर्ण हुने दावी गरे । उनले भने, ‘जापान र नेपालका दुवै तर्फका महत्वपूर्ण व्यक्तिहरुसँगको भेटवार्ता, भ्रमण र जापानमा रहेका नेपालीहरुसँग छलफल भयो । यसले नयाँ सुरुवात गर्छ भन्ने विश्वास लिएको छु ।’

अध्यक्ष प्रचण्डले माओवादी पदाधिकारीको टुंगो अव छिट्टै लाग्ने जानकारी दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर नराख्ने विश्वास पनि व्यक्त गरे । 

 
Prachanda Live from Airport ...

Prachanda Live from Airport ...

Posted by SamacharDainik.com on Wednesday, August 10, 2022

अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणबारे उनसकाे सचिवालयले जारी गरेकाे प्रेस नोट:

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी बन्नुुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनुु भएको छ ।

अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रर्वद्धन, पूनर्निमाण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचीपूर्वक अवलोकन गर्नुुभयो ।

१. २०७९ श्रावण २१ गते (अगष्ट ६, २०२२) को विहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै अध्यक्ष प्रचण्डले आफुु नेपाली जनप्रगतिशिल मंच जापानको निमन्त्रणा र कार्यक्रममा जापान आएको र जापान वसाईको क्रममा जापानको विकास र समृद्धिलाई नजिकबाट अनुुभुुत गर्ने र केही राजनैतिक भेटघाटमा समेत सहभागी बन्ने बताउनु भयो । सोही दिन विमानमार्फत फुुकुुओका पुुगेको अध्यक्ष कमरेडले पहिलो कार्यक्रमको रुपमा जापानको फुुकुुओकामा गैह्र आवासिय नेपालीद्वारा आयोजना भएको नेपाल फेष्टिबल सेरेमोनीमा सहभागी बन्नुु भयो र प्रमुख अतिथिका रुपमा समारोहको समूद्घाटन गर्नुभयो । सोही दिन अध्यक्ष कमरेडले जापानको एक प्रमुख व्यापारिक शहर ओशाका पुुगी नेपाली समूदायका अगुवाहरुसँग भेटवार्ता एवं कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

२. २०७९ श्रावण २२ गते (अगष्ट ७, २०२२) का दिन बिहान अध्यक्ष कमरेडले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा शहरमा अवस्थित शान्ति स्मृति संग्रहालयको अवलोकन गर्नुुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिनुुभयो । सोही दिन साँझ नेपाली जनप्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरिएको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो ।

३. २०७९ श्रावण २३ गते (अगष्ट ८, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले साइतामा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवद्र्धन विभाग अन्तर्गतको कुुरौसुु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले कृषिलाई आधुुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकिरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताउनुुभयो । अध्यक्षले त्यसका लागि कृषिमा आधारित उद्योगहरुको प्रवद्र्धन र विकास गर्न जापानको वैज्ञानिक र आधुनिक प्रविधिको अनुुशरण गर्न चाहेको बताउनुुभयो । उक्त अवलोकन भ्रमणमा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुुर्गाबहादुर सुुबेदीको पनि उपस्थिति रहेको थियो ।

सोही दिन दिउँसो जापान भ्रमणमा रहनुुभएका अध्यक्ष प्रचण्डले जापानी संसद ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरुको स्थितिको जानकारी लिनुभयो । ‘डायट’ मा सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायराले अध्यक्ष कमरेडको स्वागत गर्नुको साथै संसदको अवलोकन गराउनुुभयो ।

सोही दिन बेलुका अध्यक्ष कमरेडले नेपाली जनप्रगतिशील मञ्च, जापानका अगुवा कार्यकर्ताहरुसँग छलफल तथा अन्तरसम्वाद गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरुको श्रम, सीप र पूँजीलाई देश निर्माणमा खर्चिन सरकार एवं पार्टीको तर्फबाट आवश्यक वातावरण निर्माण गरिने बताउँदै त्यसको लागि तयार रहन आव्हान गर्नुभयो ।

४. २०७९ श्रावण २४ गते (अगष्ट ९, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले नेशनल इन्स्टिच्यूट अफ इम्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी को अवलोकन भ्रमण गर्नुुभयो । जापान सरकारको पूणर् स्वामित्वमा रहेको उक्त अनुसन्धान केन्द्रको भ्रमणको क्रममा अध्यक्ष कमरेडले विभिन्न विद्याका विषयविज्ञ, डाक्टरहरु तथा अनुसन्धानकर्ताहरुको टिमबाट जापान सरकारले विज्ञान प्रविधि र सूचना प्रविधिका क्षेत्रमा गरेको अत्याधुुनिक विकासको बारेमा जानकारी लिनुुका साथै दुुई देशका बीचमा विकसित प्रविधिको आदानप्रदानका विषयमा छलफल पनि गर्नुभयो । सोही दिन दिउँसो नेपाली समूूदायद्वारा राजधानी टोकियोमा संचालित नेपाली विद्यालयहरु एभरेष्ट इन्टरनेशनल स्कूल र हिमालय इन्टरनेशनल स्कूलका कार्यक्रममा सहभागी हुनुुभयो । नेपाली समूूदायले विदेशमा रहेर पनि शिक्षाको माध्यमबाट नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुको साथै नयाँ पुस्तालाई नेपालको राष्ट्रिय भावना जागृत गर्न योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सोही दिन अपरान्ह ४ बजे अध्यक्ष कमरेड प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल-जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइ बीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता भयो । प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुुई देशबीचको आवसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरुको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो । उक्त भेटवार्ताले नेपाल-जापान सम्बन्धलाई थप मजबुत बनाउन र दुुई देश बीचको राजनीतिक तथा कुटनैतिक तहमा हुने संवादलाई विकसित गर्न मद्दत पुुर्याएको छ । उक्त भेटवार्तामा नेता निकाईले अरु थप ३ जना साँसद सदस्यहरुको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो भने अध्यक्ष कमरेड प्रचण्डको प्रनितिधिमण्डलमा जापानका लागि नवनियुक्ति नेपाली राजदुुत दुुर्गाबहादुर सुुवेदी पनि सहभागी बन्नुभएको थियो ।

साँझ टोकियोस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक भई जापानका राजनीतिक नेताहरु, कूूटनीतिज्ञहरु, प्रशासकहरु र समाजका विभिन्न क्षेत्रका अगुुवाहरु, नेपाली समूदायका अगुवा प्रतिनिधिहरु सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । नेपाल र जापान बीचको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धको चर्चा गर्दै भूकम्प पछिको पुनर्निर्माण, कोभिड नियन्त्रण लगायत नेपालको विकासमा जापानले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो । र, आगामी दिनमा नेपालका प्राथमिकतामा जापान सरकारको सहयोगका लागि आव्हान गर्नुभयो ।

सोही दिन राती नेपाली समुदायका र जापानी पत्रकार समेतको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कमरेड सहभागी हुुनुभयो । पत्रकारहरुको प्रश्नको जवाफ दिदैं अध्यक्ष कमरेडले आफ्नो जापान भ्रमणबाट सन्तुुष्ट भएको, भ्रमण सफल रहेको र आफुुले जापानबाट केही सिकाई र उर्जा लिएर फर्किन थालेको बताउनु भयो ।

५. २०७९ श्रावण २५ गते (अगष्ट १०, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले टोकियोस्थित नेपाली दूतावासको अवलोकन गर्नुभयो । सो क्रममा राजदूत दुुर्गाबहादुर सुुबेदीले दूतावासले गरिरहेका कामको चर्चा गर्दै जनसेवाका लागि स्थान तथा जनशक्ति अभाव जस्ता दूतावासले भोगिरहेका समस्याहरु बारे जानकारी गराउनुुभयो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलको प्रमुख नेता हुनुको नाताले समस्या समाधानको लागि आशावादी रहेको निवेदन गर्नुभयो भने अध्यक्ष कमरेडले जापानमा बस्ने नेपालीहरुको समस्या समाधानमा तदारुकताका साथ लागिपर्न निर्देशन गर्दै आफू काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीसँग समस्या समाधानका निम्ति छलफल गर्ने बताउनुुभयो ।

अध्यक्ष कमरेड प्रचण्ड आफ्नो पाँच दिने जापान भ्रमण सफलतापूर्वक पुरा गरी स्वदेश फर्किनुुभएको छ । भ्रमण सफलताका लागि सहयोग पुर्याउनुु हुुने हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुुभेच्छुकहरु, लिवरल डेमोक्रेटिक पार्टी जापान तथा जापानका राजनैतिक दलका माननीय ज्यूहरु, नेपाल सरकारको राजनैतिक तथा प्रशासनिक नेतृत्व, परराष्ट्र मन्त्रालय, जापानका लागि नेपाली राजदुत तथा दुुतावास परिवार, नेपाली जनप्रगतिशिल मञ्च जापानका सम्पुणर् नेता कार्यकर्ता साथीहरु, जापानमा रहनुहुने सम्पुणर् नेपाली समुदायका अगुवा तथा शुुभेच्छुकहरु, नेपाल, जापान तथा विश्वभर रहेर खवर संप्रेषण गर्ने पत्रकार मित्रहरु, नेपाल र नेपालीको भलाई चाहने मित्रहरु तथा सम्पुणर् देशभक्त नेपाली दिदीबहीनी तथा दाजुुभाईहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर