• २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022

साथीमार्टको टिकटक च्यालेन्ज  : १ मिनेटमा ५० हजार रुपैयाँ जित्ने मौका

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्नेछन् । 

साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘सेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । जसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप डाउनलोड गरि अकाउन्ट रजिस्टर र मोबाइल भेरिफिकेसन गर्दा ७५ रुपैयाँ साथीक्यास पाउने व्यवस्था गरिएको छ । साथै मोबाइल एप आफ्नो साथीभाई तथा परिवारलाई सेयर गरि प्रत्येक सफल शेयरमा थप २५ रुपैयाँ थप साथीक्यास पाउन सक्नेछन् । 

‘साथीमार्ट टिकटक च्यालेन्ज’ मा सहभागि हुनका लागि प्रयोगकर्ताले सर्वप्रथम साथीमार्टको अफिसियल टिकटक पेजलाई फलो गर्नुपर्ने हुन्छ । सोही पेजमा दुई वटा भिडियो पिन गरिएका छन् । जसमध्ये एउटा भिडियोमा ‘साथीमार्ट टिकटक च्यालेन्ज’मा सहभागी हुनका लागि के गर्नुपर्छ भन्ने कुरा जानकारी गराइएको छ भने अर्को नमुना भिडियो हो । सहभागीले सोही अनुसार नियम पालना गरेर भिडियो बनाउनु पर्नेछ ।  

सिर्जनात्मक भिडियोहरु मध्ये प्रतियोगिताको उत्कृष्ट भिडियोले ५० हजार रुपैयाँ र दुई उपविजेताले १५ हजार र १० हजार रुपैयाँ क्रमशः जित्न सक्ने साथीमार्टका संस्थापक तथा सिइओ सागर पोखरेलले जानकारी दिए ।  भिडियो असार ३२ गते भित्र अपलोड गरिएको हुनुपर्ने साथीमार्टले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर