• २०७९ असार २३ बिहीबार
  • Thursday, 7 July, 2022

मल्लरानी गाउँपालिका ५ मा स्वास्थ्य सेवा सुरु गरिने

 प्युठान । मल्लरानी गाउँपालिका ५ नम्बर वडामा स्वास्थ्य सेवा सुरु हुने भएको छ । सेवा लिन घण्टौ हिडनुपर्ने अबस्था  भएकाले मल्लरानी गाउँपालिका ५ नम्बर वडामा नजिकै स्वास्थ्य सेवा आर्थिक बर्षबाट सुरु हुने भएको हो । 

स्वास्थ्य सेवा सुरु हुने पछि स्थानीय खुसी भएको ५ नम्बर वडा अध्यक्ष गोपाल बहादुर थापाले बताएका छन् । बुधबार मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गदै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकाले प्रत्येक नागरिकलाई स्वास्थ्यमा मौलिक हक सुनिश्चित गर्ने बताएका थिए ।  

यस्तै वडा नम्बर ३ को चौरपानी क्षेत्रबाट पनि स्वास्थ्य सेवा सुचारु हुने भएको छ । स्वास्थ्य बिमालाइ थप प्रभावकारी बनाउने गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश गरीएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर